• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    गृहले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा, कसलाई कहाँ पठाइयो ?

    4.4K
    SHARES



    काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लाका सीडीओ हेरफेर तथा पदस्थापना गरेको छ । मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ ।

    यसैगरी तनहुँका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको भने रामेछाप सरुवा भएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ ।

    मन्त्रालयमा रहेका बद्रिनाथ गैह्रेलाई जिल्ला प्रशासन कार्यालय दैलेख पठाइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी एवम् उपसचिव नवराज जैशीलाई मन्त्रालय तानिएको छ ।

    यसैगरी गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि पठाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ