• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    शिक्षा मन्त्रालयलाई शिक्षक महासंघले बुझायो ध्यानाकर्षण पत्र

    433
    SHARES



    काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको छ। महासङ्घको प्रतिनिधि मण्डलले बिहीबार शिक्षामन्त्री विद्या भट्टराईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

    सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले ध्यानाकर्षणका साथमा पुराना सहमतीहरु र ऐनले सम्बोधन गर्नुपर्ने मुख्य मुद्दाहरुको २४ बुँदे सूची समेत बुझाएको हो ।

    ध्यानाकर्षणपत्रमा नयाँ शिक्षा ऐन जारी गर्ने सवालमा सरकारको मार्ग चित्र के हो ? त्यसमा प्रष्टता आवश्यक भएको बताइएको छ ।

    साथै विगतका सहमती कार्यान्वयन गर्ने सन्दर्भमा मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा आवश्यक निर्णय लिन विलम्ब किन भएको हो ? यसको ठोस जवाफ खोजेको जनाएको छ ।

    महासङ्घ र सरकारबिच वार्ताको वातावरण निर्माणमा यी विषयमा सरकारको तर्फबाट प्रष्टता आवश्यक भएको जनाएको छ ।

    महासंघको प्रतिनिधिमण्डलमा महासचिव तुला बहादुर थापा, उपमहासचिव अर्थ मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल रहेका छन्।

    पाँच बजेबाट सुरू भएको छलफल अहिलेसम्म जारी छ। छलफलमा महासंघको तर्फबाट ४ जना र मन्त्रालयको तर्फबाट शिक्षामन्त्री भट्टराई, शिक्षा सचिव डाक्टर दिपक काफ्ले र २ जना सहसचिव गरेर ४ जनाको सहभागीता रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ