• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    तीनकुने घटना : दुर्गा प्रसाईंका दाइ राकेश पक्राउ

    2K
    SHARES



    काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंका दाइ राकेश प्रसाईंलाई पक्राउ गरेको । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सोधपुछका लागि सोमबार राकेशलाई नियन्त्रणमा लिएको एसपी अपिलराज बोहराले बताए।

    चैत १५ मा तीनकुनेमा भएको प्रदर्शनको नेतृत्व गर्ने दुर्गा प्रसाईं फरार छन् । सोधपुछ गरेपछि राकेशलाई मुद्दा चलाउने वा छाड्नेबारे निर्णय गरिने उनले जानकारी दिए ।

    दुर्गा प्रसाईं र नवराज सुवेदीका नेतृत्वमा भएको प्रदर्शनमा दुईजनाले ज्यान गुमाएका थिए । सो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।

    उनीहरुलाई प्रहरीले राज्य बिरुद्धको कसुर र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ