• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज पनि काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर

    621
    SHARES



    काठमाडौँ । राजधानी काठमाडौँको वायु प्रदूषण सोमबार पनि उच्च रहेको छ । आईक्यू एयरको बिहान साढे ७ बजेको मापनअनुसार काठमाडौँ विश्वकै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ ।

    आज हावाको गुणस्तर २३० एक्यूआई रहेको छ । यसलाई अस्वस्थकर मानिन्छ । हावामा पीएम २.५ को मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा ३१ गुणा बढी रहेको छ ।

    हाल भारतको राजधानी नयाँ दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ । तेस्रो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ ।

    त्यसपछि शीर्ष १० स्थानमा क्रमशः भियतनामको हानोई, चीनको बेइजिङ तथा ग्वानझाओ, म्यानमारको यङगुन, चीनको सांघाई, भारतको मुम्बई र चीनको वुहान रहेको छ ।

    लामो समयदेखि पानी नपर्दा र वन जङ्गलमा डढेलो लागिरहेका कारण वायु प्रदूषण बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।प्रदूषण बढ्दा भिजिबिलिटी पनि घटेको छ, जसका कारण हवाई उडानमा पनि समस्या आइरहेको छ ।

    वायु प्रदूषण उच्च रहेका कारण अत्यावश्यकबाहेक घरबाट बाहिर ननिस्किन चिकित्सकहरूले सुझाव समेत दिएका छन् । महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशभरको मौसम मुख्यतया सफा रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ