• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राजावादी समूहद्वारा जडीबुटी कम्पनीमा आगजनी र तोडफोड, कर्मचारीले भागेर जोगाए ज्यान

    2.1K
    SHARES



    काठमाडौं । राजावादी प्रदर्शनकारीहरूले काठमाडौंको तीनकुने क्षेत्रमा स्थित जडीबुटी उत्पादन र प्रशोधन कम्पनीको कार्यालयमा आगजनी र तोडफोड गरेका छन्।

    राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् ।

    करिब साढे २ बजेतिर भित्र काम गरिरहेका बेला अचानक बाहिरबाट ढुंगामुढा सुरु भएको थियो । ‘अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’ उनले भनिन् ।

    मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्। आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।

    स्टोरमा प्राय गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले बताइन् । विस्फोट भएमा जुडीबुटी क्षेत्रमै ठूलो क्षति हुने उनको भनाइ छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले आगजनी र तोडफोडको घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ