काठमाडौँ । प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।
यसअघि प्रहरीले सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ । शुक्रबार नै १०५ जना पक्राउ परेकामा शनिबार थप ८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासमेत छन् । थप दुई जना पक्राउ परेसँगै तीनकुने घटनामा प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ जना पुगेको छ ।
प्रतिक्रिया