• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

    769
    SHARES



    काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन आज हुँदै छ । आज बिहान ८ बजेदेखि मतदानको तयारी गरिएको छ ।

    यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकानील अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।

    उक्त विवादमा गत शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको थियो । लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेर आजका लागि मतदान तोकेको थियो । मतदान अपराह्न ४ बजेसम्म हुनेछ ।

    यस्तै सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालय मा पनि स्ववियु निर्वाचन हुँदैछ । त्यहाँ पनि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ । मप विश्वविद्यालयमा पनि यसअघि अदालतमा निवेदन परेपछि केही समयदेखि निर्वाचन रोकिदै आएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ