• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    राजावादी प्रदर्शनकारीद्वारा नेकपा एसको कार्यालयमा तोडफोड र आगजनी

    0.9K
    SHARES



    काठमाडौं । राजतन्त्रको पक्षमा प्रदर्शनमा उत्रिएका समूहले शुक्रबार काठमाडौंको तीनकुनेस्थित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्। प्रदर्शनकारीहरूले कार्यालयभित्र प्रवेश गरी त्यहाँ रहेका कागजात, फर्निचर तथा अन्य सामग्री बाहिर फालेर क्षति पुर्‍याएका छन्।

    साथै, कार्यालयको सबै सिसा फुटाइएको छ। भित्र भएका कागजात तथा फर्निचर जलाइएको छ। उनीहरूले कार्यालय अगाडि टायर तथा अन्य सामग्री जलाएर आगजनी गरेका छन्। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच झडप भएको छ। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गरेको थियो, जसपछि प्रदर्शनकारीहरू तितरबितर भएका छन्।

    नेकपा (एस) का नेताहरूले यो आक्रमणलाई लोकतान्त्रिक मूल्य मान्यताको उल्लङ्घन भन्दै कडा शब्दमा विरोध जनाएका छन्। पार्टीका महासचिव घनश्याम भुसालले भने, “हाम्रो पार्टीमाथिको आक्रमणले असहिष्णु मानसिकता प्रकट गर्छ। सरकारले यसबारे गम्भीर अनुसन्धान गर्नुपर्छ।”

    यस्तै आन्दोलनकारीले सुरक्षाकर्मीको अश्रुग्यास गन खोसेका छन्। कार्यालयहरूमा ढुंगामुढा गरेका छन्। आन्दोलनकारीहरु निजी तथा सार्वजनिक सम्पत्तिमाथि आगजनीमा उत्रेका छन्। तीनकुनेको निजी व्यक्तिको घरमा आगलागी भएको छ। अन्नपूर्ण पोष्टको कार्यालयमा तोडफोड भएको छ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ