काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताएको छ । उग्र बनेका प्रदर्शनकारीहरूले निजी घर, मिडिया हाउस र दलका कार्यालयमा पनि आक्रमण गरेका छन् ।
राजावादी प्रदर्शन उग्र भएपछि काठमाडौं प्रशासनले कर्फ्यु आदेश गरेको हो । कर्फ्यु आदेश जारी गर्नुअघि प्रहरीले माइकिङ गरेको थियो ।
यता नेकपा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा प्रहरी तैनाथ गरिएको छ । राजावादी समूहका प्रदर्शनकारीहरू उग्र बन्दै कार्यालय अगाडि आगजनी र तोडफोडमा उत्रिएपछि अहिले प्रहरी तैनाथ गरिएको हो ।
यसैबीच तीनकुनेको आन्दोलन तितरबितर भएपछि राजावादी आन्दोलनका नेताहरू भागेका छन् । कार्यक्रम स्थलबाट दुर्गा प्रसाईँ, नवराज सुवेदी र धवल शमशेर, राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र गाडी चढेर भागेका हुन् ।
प्रतिक्रिया