काठमाडौं । राजावादीहरुको प्रदर्शनमा सहभागीहरुले पृथ्वीनारायण शाहदेखि योगी नरहरिनाथसम्मको फोटो प्रदर्शन गरिएको छ । उनीहरुले पृथ्वीनारायण शाह, महेन्द्र, ज्ञानेन्द्र, योगी नरहरिनाथको तस्वीर बोकेका छन् ।
यसअघि फागुन २५ गते पोखराबाट काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागतमा उत्रिएका बेलामा राजावादीहरुले योगी आदित्यनाथको फोटो बोकेका थिए । तर त्यतिबेला सरकारले नै घुसपैठ गराएर राजावादीलाई बदनाम गराउन खोजेको आरोप लगाइएको थियो ।
उनीहरुले गणतन्त्र खारेज गरी राजसंस्था पुनर्स्थापनाको माग गर्दै काठमाडौंको तिनकुनेमा सभा आयोजना गर्दै छन् । सभामा सहभागी हुन विभिन्न स्थानबाट र्याली सहित राजावादीहरु तिनकुने पुग्ने क्रम जारी छ ।
प्रतिक्रिया