• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    काठमाडौंको बल्खु र भक्तपुरको लोकन्थलीमा बम भेटियो, रुपन्देहीमा पनि शंकास्पद वस्तु फेला

    62.8K
    SHARES



    काठमाडौं ।

    काठमाडौंको बल्खु चोकमा बम भेटिएको छ । मंगलबार बिहानै चोकमै शंकास्स्द बस्तु देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले उक्त ठाउँलाई प्रहरी घेराबन्दीमा राखेको छ भने नेपाली सेनाको बम डिस्पोजल टोलि घटनास्थलमा पुगेको छ ।

    त्यस्तै उता भक्तपुरको लोकन्थलीमा मंगलबार बिहान लोकन्थलीमा रहेको सिद्धार्थ पेट्रोलपम्पबाट भित्र छिर्ने सर्भिस ट्रयाक रातो प्लाष्टिकको झोलाभित्र प्रेसरकुकर देखिएपछि नेपाली सेना र नेपाल प्रहरीले सुरक्षा कडा पारेका छन् ।

    स्थानीयले उक्त कुकर बम हुन सक्ने भन्दै सुरक्षा निकायलाई खबर गरेका थिए। खबर पाएपछि नेपाली सेना र नेपाल प्रहरी घटनास्थल आइपुगेका छन् । उक्त सर्भिस ट्रयाक हुँदै आवतजावत गर्ने सवारी साधन र बटुवालाई समेत हिँडडुलमा रोक लगाइएको छ ।

    त्यस्तै रुपन्देहीको सैनामैनामा एका विहानै शंकास्पद वस्तु फेला परेको छ । पुर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नम्बर ५ स्थित बुद्धनगरको एक पुलमा उक्त बस्तु फेला परेको हो ।

    ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक दिपेश बस्याललका अनुसार विहान ४:४५ वजेतिर उक्त शंकास्पद वस्तु कसैले राखेको बताए ।अहिले नेपाली सेनाको टोली उक्त स्थानमा आउने तयारी छ ।:

    मंगलबार सरकारले आफ्नो नेता पक्राउ गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आयोजना गरेको छ। बिहान सञ्चालन हुने नीजि कलेजहरु बन्द भएका छन् । कतिपय विद्यार्थी तथा शिक्षकलाई बन्दबारे जानकारी नहुँदा कलेज पुगेर फर्केका छन् ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ