• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    घट्दो जन्मदरले दक्षिण कोरियालाई चिन्ता

    842
    SHARES



    सोल । दक्षिण कोरियामा जन्मदर तीव्र गतिमा घटिरहेको छ । यस समस्यालाई रोक्न सरकारले गरेका विभिन्न प्रयासहरू अहिलेसम्म पर्याप्त सफल हुन सकेका छैनन् ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार दक्षिण कोरियाले विगत केही वर्षदेखि आफ्ना युवाहरूलाई सन्तान जन्माउन प्रोत्साहित गर्नका लागि अनगिन्ती पहल गरेको छ, तर यस प्रयासको अझै सफलता हात पारेको छैन । २०२३ को अन्त्यसम्म, दक्षिण कोरियाको जन्मदर प्रति हजार जनसङ्ख्या ०.७५ रहेको थियो । जुन विश्वभरिका सबैभन्दा कम जन्मदरमध्ये एक हो ।

    यस वर्षको पहिलो त्रैमासिकमा पनि जन्मदर अझै बढ्न नसकेको रिपोर्ट सार्वजनिक भएको छ । अत्यन्त कम जन्मदर दक्षिण कोरियामा लामो समयदेखि चलिरहेको समस्या हो । जसले जनसाङ्ख्यिक र सामाजिक चुनौतीहरू सिर्जना गरेको छ ।

    दक्षिण कोरियाकै केन्द्रीय बैंकको तथ्याङ्कले ३० वर्षभन्दा माथिका व्यक्तिहरूको बचत दरमा पनि घटबढ देखाएको छ । पाँच वर्षअघि २९.४ प्रतिशत रहेको बचत दर हाल पहिलो त्रैमासिकमा २८.५ प्रतिशतमा झरेको छ । यसले आर्थिक पाटोमा पनि भविष्यमा समस्या ल्याउने आङ्कलन गरिएको छ ।

    कोरियामा २०–३० वर्ष उमेर समूहका युवा युवतीहरूले हालका वर्षहरूमा डिपार्टमेन्ट स्टोरहरू र ठुला होटेलहरूमा अत्यधिक खर्च गरेका छन् । यो अवधि भित्र उनीहरूको यात्रा खर्च ३ वर्षको अवधिमा ३३.३ प्रतिशतबाट बढेर ४०.१ प्रतिशत पुगेको छ । तर यो तथ्यले जन्मदरलाई सुधार्न पर्याप्त योगदान पुर्‍याउन सकेको छैन ।

    दक्षिण कोरियामा जन्मदर कम हुनुको पछाडि एक महत्त्वपूर्ण कारण भनेको युवा पुस्तामा विवाहप्रति सकारात्मक धारणा नहुनु हो । धेरै युवाहरूले विवाह र परिवारको जिम्मेवारीबाट बच्न चाहन्छन्, जसले गर्दा जन्मदरमा थप गिरावट आएको छ ।

    सन् २०२२ देखि दक्षिण कोरियाले बच्चा जन्मँदा आमालाई २० लाख कोरियाली वन (एक हजार ५१० अमेरिकी डलर) दिँदै आएको छ । त्यसपछि एक वर्षसम्म प्रत्येक महिना सात लाख वन (५२८ अमेरिकी डलर) दिने गरिएको छ ।

    दुई वर्षसम्म प्रत्येक महिना तीन लाख ५० हजार वन अर्थात् २६४ अमेरिकी डलर दिने गरिन्छ । यस्तै, प्राथमिक विद्यालय पढ्ने बेलासम्म प्रत्येक महिना १५१ अमेरिकी डलर दिने गरिन्छ । गरिब परिवारलाई थप रकम उपलब्ध गराउने नीति नै लिइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ