• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेवा: मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् पहिचानसहित स्थापित -प्रचण्ड

    530
    SHARES



    काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवा: मण्डलकै प्राचीन मौलिक बस्ती खोकना पृथक् सांस्कृतिक पहिचान सहित स्थापित रहेको बताएका छन् ।

    शनिवार ललितपुरको खोकनामा १ वर्षसम्म चलेको १२ वर्षे रुद्रायणी मेला समापनका अवसरमा बोल्दै प्रचण्डले नेवार संस्कृति मौलिक, पृथक्, विशिष्ट र ऐतिहासिक रहेको बताए ।

    उनले भने– ‘नेवारहरूको आफ्नै मौलिक संस्कृति छ, भाषा परम्परा त्यसभित्र पनि खोकना अझै मौलिक र विशिष्ट रहेको छ । नेवा परम्परा अनुसार यहाँहरूले रुद्रायणी देवीको र सिकाली जात्रालाई विशेष रूपमा मनाउनुभएको छ । देशभर नै फरक पहिचानका साथ १२ वर्षे मेला गर्दै आउनुभएको छ । पुरानो गणराज्यको झल्को दिने गरी जसरी यहाँहरूले आर्थिक आत्मनिर्भरता, सामाजिक सद्भाव र सौहार्दता अनि सांस्कृतिक सम्पदालाई मौलिक रूपमा जोगाइराख्नका लागि सफल हुनुभएको छ । नेवा: सभ्यता संरक्षणमा यो महत्त्वपूर्ण छ नै । यसका साथै समग्र देशकै सांस्कृतिक सम्पदा संरक्षणका लागि पनि यसको महत्त्वपूर्ण योगदान रहेको छ ।’

    प्रचण्डले खोकनामा आदिम साम्यवादबाट सो परम्परा सुरु भएको हुनसक्ने र अब बिस्तारै बिस्तारै आउने साम्यवादसम्म पुग्ने अपेक्षा गरेको बताए । उनले खोकना भुटेको तोरीको तेलका लागि पहिलेदेखि नै प्रसिद्ध रहेको,पहिलोपटक बिजुली बलेको ठाउँको रूपमा प्रसिद्ध रहेको उल्लेख गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ