काठमाडौं। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गर्न लागिएकाे बताएका छन् । शुक्रबार आफ्ने कार्यकाल ३ वर्ष पुरा भएकाे अवसरमा घिसिङले काठमाडाैँमा त्रकार सम्मेलन गर्दै यस्ताे बताएका हुन् ।
२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि नियुक्त भएका घिसिङ पत्रकार सम्मेलन मार्फत अहिले तीन वर्षे प्रगति सुनाइरहेका छन् ।
घिसिङले पत्रकार सम्मेलनका क्रममा देशलाई छिट्टै पूर्ण विद्युतीकरण घोषणा गरिने योजना सुनाएका अहुन् । उनले प्राधिकरणको नाफा वास्तविक भन्दै कागजी मात्रै नभएको स्पष्टीकरण पनि दिएका छन् ।
प्रतिक्रिया