• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कर्णाली समाचार

    आन्तरिक पर्यटकको रोजाईमा मुगुको सिप्टिचौर

    3.4K
    SHARES



    काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिका- ७ मा पर्ने सिप्टिचौर पाटन आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ । कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल देशकै ठूलो ताल राराताल पुग्दा जुम्लाको बुलबुले क्षेत्र कटेपछि यही पाटन भएर फर्कनुपर्ने भएकाले पर्यटकहरू यो पाटनमा ओर्लेर रमाउने गर्छन् ।

    वरिपरि घना जङ्गल, पाटनमा चरिरहेका बस्तुभाउ, चराचुरुङ्गीको चिरविराहट अनि हरियो गलैँचा इच्छाए जस्तो बिचमा पाटन छेउमै सेतो सडक यस्तो दृश्य देखे कसको मन नलोभिएला र १ रारा घुम्न आउने पर्यटकलाई यो पाटनमा पुगेपछि रमाइलो गर्न र व्यक्तिगत तथा सामूहिक तस्बिर खिच्न मन लागि हाल्छ ।

    सुर्खेत, नेपालगन्ज भएर गाडीको यात्रा गर्दै रारा गन्तव्य बनाएर आएका पर्यटकलाई यही सिप्टिचौरले थकान मेटाउन तथा प्राकृतिक सुन्दरताले स्वागत गर्न बसेको जस्तो लाग्ने गरेको सिप्टिचौरमा भेटिएका रारा घुम्न आएका बर्दिया तारातालका रञ्जन शर्माले बताए । उनीसँगै बाइकमा सवार बर्दिया कै निकल बस्नेतले भने, ‘कर्णालीको विजोक सडक, दुर्गमतामा जटिल यात्रा गर्दै आउँदा यही सिप्टिचौरले सबै कष्ट, दुःख भुलाउँदो रहेछ । यहाँ पुग्दा लाग्यो बेग्लै संसारमा छौ’।

    सिजनमा दैनिक जसो यहाँ प्राकृतिक सुन्दरतामा रमाउन सयदेखि दुई सय जना सम्म आन्तरिक पर्यटक पुग्ने गरेको छायाँनाथ रारा नगरपालि- ७ का निवर्तमान वडा अध्यक्ष हरिचन्द्र शाही बताउँछन् । शाहीका अनुसार बर्खा याममा यस पाटनमा गाई, भैसीका फानासमेत हुने भएकाले पाटन भएर आउने पर्यटकहरूले प्राकृतिक सुन्दरतामा रमाउनुका साथै दही, दूध, मही, खीर र घ्यू पनि खान पाउँछन् ।

    पछिन्लने समय रारा पुग्ने पर्यटकहरूको रोजाइमा परेको यो पाटनमा विभिन्न व्यक्ति, कार्यालय तथा संघ सस्थाहरूले उत्सव मनाउने लगायतका कार्यक्रम आयोजना गर्ने गर्दै आएका छन् । यो पाटनबाट सवारी साधन भएर रारा ताल पुग्न १ घण्टा मात्र लाग्ने भएकाले पर्यटकहरू अघिल्लो रात बुलबुलेमा रहेका होटेलमा बास बस्ने बिहान १/२ घण्टा सिप्टीचौरमा रमाउने त्यसपछि रारा पुग्ने गरेका छन् ।

    सिप्टिचौरमा पर्यटक मैत्री भौतिक पूर्वाधारको कुनै पनि विकास गरिएको छैन । अहिले जे छन त्यो प्राकृतिक मात्र छन । यहाँ पर्यटकहरूलाई भुलाउने अन्य संरचनाहरु बनाउन सकिएमा पर्यटकहरूको बसाइ लम्विने र मुगु तथा जुम्लाका जनताले यस्को फाइदा लिन सक्ने सामाजिक अभियान्ता मीन रावल बताउँछन् ।

    शनिवार हिरिस्टेक मुगु संस्थाको १७ औ बार्षिक साधारण सभा तथा ५ औ जिल्ला अधिबेशन यही सिप्टिचौरमा आयोजना गरिएको थियो ।
    सिप्टिचौर रारा राष्ट्रिय निकुञ्ज अन्तरगत मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले यहाँ पुग्ने पर्यटकहरूले भने निकुन्जको नियम भित्र रहेर आफ्ना गतिविधी गर्नुपर्ने हुन्छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ