• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइते, सेनाको हेलिकप्टर दुर्घटनास्थलमा

    3.7K
    SHARES



    काठमाडौं। तनहुँको आबुखैरेनीस्थित ऐना पहराबाट मर्स्याङ्दी नदिमा खसेको बसका घाइतेहरुको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाइएको छ ।

    नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव कुमार केसीले सेनाको हेलिकप्टर दुर्घटनास्थल नजिक ल्याण्ड भइसकेको बताए ।

    उनका अनुसार मेडिकल टिमसहितको टोली पठाइएको छ । गभीर घाइतेहरुलाई हेलिकप्टरमाफर्त काठमाडौं ल्याएर थप उपचारको व्यवस्था मिलाइने उनले बताए ।

    शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । सो क्रममा १४ जनाको यात्रुको मृत्यु भएको छ भने १६ घाइतेको उद्धार गरिएको छ ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा डीएसपी दीपक कुमार रायले ४१ यात्रु र बसमा २ स्टाफ (चालक, सहचालक) गरी जम्मा ४३ जना रहेको खुलेको छ ।

    दुर्घटनामा परेको भारतको गोरखपुरबाट नेपाल भ्रमणका लागि आएको थियो । ५ भदौमा पोखरा पुगेर २ दिन घुमेर शुक्रबार काठमाडौं भ्रमणका लागि आउँदै गर्दा दुर्घटना परेको खुलेको छ । बसमा सवार सबै भारतीय नागरिक रहेको पाइएको प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ