• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    चिकित्सकहरू भन्छन्- खाना खाने बित्तिकै सुत्ने बानी गलत

    3.6K
    SHARES



    काठमाडाैँ । माैसम अनुसार अधिकांश मानिसलाई खाना खाने बित्तिकै निन्द्रा लाग्ने गर्द छ । खाना खाने बित्तिकै सुत्दा गजबको निन्द्रा लागे पनि खाना, खाजा खाने बित्तिकै सुत्ने बानी गलत भएको चिकित्सकहरू बताउँछन् ।

    अझ बेलुकी खाना खाएपछि अधिकांशको नेपालीकाे दैनिक रुटिन नै आराम गर्ने वा सुत्ने हुन्छ । हुनत चिकित्सकहरू बेलुकी समेत खाना खाने बित्तिकै नसुत्न सल्लाह दिन्छन् । खाना खाए लगत्तै सुत्ने गर्दा यसले पाचन प्रक्रियामा समस्या सिर्जना गर्ने चिकित्सकको भनाइ छ ।

    खाना खाने बित्तिकै हरेकलाई निन्द्रा लाग्छ भन्ने हुँदैन । तर अधिकांश मानिसलाई खाना खाने बित्तिकै निन्द्रा लाग्छ, यस्तो बानिलाई ‘फुड कोमा’ भनिन्छ ।

    खानामा हुने अत्यधिक मात्राको कार्बोहाइड्रेटका कारण खाना खाएपछि शरीरमा इन्सुलिन बन्न थाल्छ । जसले ट्रिप्टोफेन निर्माण गरी मस्तिष्कमा पुर्‍याउछ । मस्तिष्कमा पुगेपछि सेरोटोनिन बनी मेलाटोनिनका कारणले मानिसलाई बिस्तारै निन्द्रा लाग्दै जान्छ ।

    चिकित्सकका अनुसार खाना खाने बित्तिकै निन्द्रा लाग्ने बानी हटाउन फुड कोमाबाट छुटकारा पाउने उपाय जान्नुपर्छ । जसका लागि आफूले खादै गरेको खानाको बारेमा जानकारी राख्नुपर्दछ । यसरी निन्द्रा लाग्ने बानीबाट बच्न खानाको मात्रामा पनि ध्यान पुर्‍याउनुपर्छ ।

    एकैसाथ अत्यधिक मात्रामा खाना खानु हुँदैन । डाइटमा समेत ध्यान पुर्‍याउनु पर्छ । खाना खाएपछि सकेसम्म सुत्ने वा आरामसँग बस्ने गर्नुहुँदैन । बरु एक छिन हिँडडुल गर्नु उत्तम हुन्छ । जसका कारण खाना राम्ररी पच्नुका साथै रगतमा सुगरको मात्रा पनि कम गर्न सहयाेग पुग्ने गर्दछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ