• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    जित्नैपर्ने दबाबमा नेपाल, चौथो जितको खोजीमा थाइल्यान्ड

    63
    SHARES



    काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्यान्ड सम्मिलित त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको आफ्नो चौथो खेलमा आज नेपालले थाइल्याण्डसँग खेल्दै छ ।

    खेल दिउँसो सवा १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदै छ। पछिल्ला तीनवटै खेलमा पराजित भएको नेपालका लागि यस खेल जित्नैपर्ने दबाब रहनेछ । आजको खेलमा पराजित भएमा शृङ्खला जित्ने सम्भावना सकिनेछ ।

    यसअघि भएका तीन खेलमा नेपाल पराजित भएको छ । थाइल्यान्डले भने तीनवटै खेलहरू जितेको छ । यस खेल जितेमा थाइल्यान्ड शृङ्खला जित्ने बलियो अवस्थामा पुग्नेछ ।

    शृंखलामा सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने छन् । नेपालले यसपछि माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ