विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षको भेला विराटनगरमा सुरु भएको छ । विराटनगरको जैंन भवनमा केहीबेरदेखि भेला सुरु भएको हो ।
पालिका सभापतिहरूको भेला भनिएको कार्यक्रममा संस्थापन पक्ष सहभागी भएको छैन । संस्थापन पक्षले आजको भेलालाई अवैध भनेको छ ।
सोमबार केन्द्रीय कार्यालयले कोशी प्रदेशमा २२ मंसिर बाहेक भेला सम्मेलन नभएको बताएको थियो । २२ गते विराटनगरमा प्रथम प्रदेश सम्मेलन हुँदैछ । नेपाली कांग्रेस प्रदेश महामन्त्री भूपेन्द्र राईले कोशी प्रदेशमा २२ मंसिर बाहेक अन्य कार्यक्रम नभएको बताए ।
नेपाली कांग्रेस विराटनगर नगरसभापति तथा कोइराला पक्षका नेता दीपक चापागाईले सभापतिको भेलामा प्रदेशभरका पालिका सभापतिहरू आएको दाबी गरे । पाँच वटा महानगरसभापति पनि कार्यक्रमका लागि आएको उनले बताए ।
प्रतिक्रिया