• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ- प्रचण्ड

    376
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा फेरी एकपटक नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको पनि बताएका छन् ।

    शनिबार पार्टीको काभ्रे– काठमाडौँ सम्पर्क समितिको भेलालाई सम्बोधन गर्दै प्रचण्डले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको बताए।

    ‘अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ । नयाँ समाजवादी आन्दोलनको । नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ । यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । हामीले संविधान सभाबाट संविधान बनाउँदै गर्दा हामीले भनेको जस्तो संविधान बनेको होइन ।’ उनले भने,- ‘हामीले केही कुरा रिजर्भ राखेर, केही कुरा नोट अफ डिसेन्ट राखेर, शासकीय स्वरूपको बारेमा होस्, निर्वाचन प्रणालीको बारेमा होस्, पहिचानको मुद्दामा होस्, हामीले आफ्ना केही कुरा थाँती राखेर संविधान सभाको माइन्युटमा हाम्रो भिन्न मत दर्ता गराएका थियौँ । तर त्यति बेला देशको आवश्यकता, हाम्रो आन्दोलनका उपलब्धिलाई संस्थागत गर्नुपर्ने आवश्यकताले गर्दा केही कम्प्रमाइज गरेका थियौँ ।’

    यस्तै प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी समेत गरे । अहिले आफूहरू प्रमुख विपक्षी दल रहेको र यो सरकार तलमाथि भएमा माओवादीकै सरकार बन्ने उनको दावी छ ।

    ‘यही हलमा हो तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलन थियो ।मैले ३२ को सङ्ख्यालाई जादुको सङ्ख्या भयो भनेको थिएँ, मेरो भनाइले उनीहरूले उद्वेलित र तरङ्गित भए होलान्’ प्रचण्डले भने, ‘मैले त्यो नभनेको भए पनि हुन्थ्यो होला । अहिले पनि हाम्रो सङ्ख्या फेरि पनि म्याजिक नै छ । किनभने हामी ३२ भएको हुनाले प्रमुख विपक्षी दलको नेता छ हाम्रो पार्टी त्यो भनेको गभरमेन्ट इन वेटिङ हो, पर्खिराखेको सरकार हो । यो सरकारलाई उल्ट्याएर बन्ने सरकार हाम्रै हो त्यस कारण चिन्तित हुने कुरा छैन ।’

    प्रचण्डले अहिले सरकारमा भएकाहरू सबभन्दा भ्रष्टाचारी रहेको र सुशासनको अभियान त्यतिकै नछाड्ने बताए । उनले आफू नेतृत्वको सरकारले भ्रष्टाचारीहरूलाई कारबाही गर्न थाल्दा प्रतिक्रान्ति भएको समेत बताए । ‘अहिले सरकारमा भएका प्रमुख मान्छेहरू नेपालका सबभन्दा भ्रष्ट हुन् भन्ने नेपाली जनताको बुझाई छ । जनताले यो बुझेकाले जबसम्म त्यस्ता भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याइँदैन, जनता र हामी पनि छाड्नेवाला छैनौँ । हामीले सुरु गरेको सुशासनको अभियान त्यतिकै रोकिँदैन । ’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया