काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्ष्य गर्दै हो-हल्ला नगर्न आग्रह गरेका छन्।
कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा कांग्रेसले कहिल्यै पनि हो-हल्ला नगरेको सभापति देउवा बताउँछन्।
रवि लामिछानेलाई पक्राउ गरेर सरकार पूर्वाग्रही भएको छ भन्ने आरोप छ, यसमा कांग्रेसको धारणा के हो भनेर सोधिएको प्रश्नमा जबाफ दिँदै सभापति देउवाले भने, ‘हेर्नुस्, हाम्रा साथीहरूलाई मुद्दा चलाइयो, कहिल्यै हो-हल्ला गरेनौं, यो अदालती प्रक्रियामा छ।’
धनगढी विमानस्थलमा आइतबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति देउवाले पूर्वसहमतिअनुसार कांग्रेस-एमाले गठबन्धन २०८४ सालसम्म नै जाने र सरकारले पनि त्यो बेलासम्म निरन्तरता पाउने बताए।
सभापति लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ गरी कास्की अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै सडक आन्दोलन गरिराखेको छ।
प्रतिक्रिया