• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद समाचार

    यु-१७ एसियन कप छनोटमा जितविहीन बन्यो नेपाल

    574
    SHARES



    काठमाडौं । समूहको अन्तिम खेलमा मंगोलियासँग पराजित भएपछि नेपाल एएफसी यु-१७ एसियन कप छनोटमा जितविहीन बनेको छ ।

    यसअघि नै छनोटको समूह चरणबाटै बाहिरिसकेको नेपाल समूह एफको अन्तिम खेलमा मंगोलियासँग १-० ले पराजित भयो । चार टोली सम्मिलित समूहमा तीन खेल हार्दै नेपाल अंकविहीन रह्यो ।

    दोहास्थित हमाद बिन खालिफा रंगशालामा भएको खेलमा मंगोलियाको ओक्हु सोहेलले ७८औं मिनेटमा निर्णायक गोल गरे ।

    सुरुवाती दुवै खेल हारेका नेपाल र मंगोलियाको लागि यो खेल प्रतिष्ठाका लागि थियो । नेपाल यो खेल जित्दै सुखद अन्त्य गर्न चाहन्थ्यो । तर मंगोलियाले बाजी मार्‍यो । मंगोलियाले ३ अंक जोडेर छनोट यात्रा सकायो ।

    समूह एफमा नेपाल यसअघि साविक विजेता जापानसँग ९-२ तथा घरेलु टोली कतारसँग ५-० ले पराजित भएको थियो । मंगोलिया पहिलो खेलमा कतारसँग २-० ले तथा जापानसँग ७-० ले पराजित भएको थियो ।

    नेपालले छनोटमा तीन खेल खेल्दा सबै तीन खेलमा पराजित भयो । जसमा १५ गोल खाँदा २ गोल गर्न सफल भयो । यु-१७ एसियन कप छनोट प्रतियोगिता एएफसीका ४४ सदस्य राष्ट्रका युवा टोली सहभागी छन् ।

    सहभागी ४४ टोलीलाई विभिन्न १० समूहमा विभाजन गरेर खेलाइएको छ । छनोट चरणका खेलपछि हरेक समूहको विजेता अर्को वर्ष साउदी अरेबियामा हुने एएफसी यु-१७ एसियन कपका लागि छनोट हुनेछ ।

    यस्तै उपविजेता १० टोलीमध्ये उत्कृष्ट ५ उपविजेता टिमले पनि यु-१७ एसियन कपका स्थान बनाउनेछन् । आयोजकको हैसियतमा साउदी अरेबिया स्वत: छनोट भइसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया