• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी

    प्रकाण्डका सहयोगी आचार्यको बयान : प्रहरीले संकटकालमाझैँ आँखामा पट्टी बाँधेर पाइपले कुट्यो

    49.5K
    SHARES



    कमल बुढा, काठमाडौं ।

    नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले गिरफ्तार गरेपछि प्रहरी कार्यालय टेकु पुगेको इमान्दार मिडियासँग उनका सहयोगी हरिसचन्द्र आचार्यले प्रहरीले दिएको यातनाबारे गम्भीर खुलासा गरेका छन्  ।

    मंगलबार राति साढे ७ बजे काठमाडौंको चोभारबाट प्रकाण्डसँगै गिरफ्तार परेका सहयोगी आचार्यले प्रहरीले साँझ साढे सात बजे गिरफ्तार गरेलगत्तै आँखामा पट्टी बाधेर अज्ञात स्थलतिर लगेर याताना दिएकोबारे यसरी बेलिबिस्तार गरे ।

    पार्टी कामको सिलसिलामा आफ्नै गाडीमा हिडिरहनुभएका प्रवक्ता कमरेड प्रकाण्डलाई प्रहरीले लामै समयदेखि पछ्याएको जस्तो देखिन्छ । हामी गाडीमा आउदै थियौं । एक्कासी प्रहरीले गाडी रोक्यो । एकैछिनमा हामीलाई हतार हतार आफ्नो गाडीमा राख्यो र आँखामा पट्टी बाँधिदियाे । आँखामा पट्टी बाँधेपछि हामीलाई कहाँ लगिदैछ ? के गरिदै छ भन्ने केही अत्तोपत्तो भएन ।

    नियन्त्रणमा लिएलगत्तै बाधिएको हाम्रो आँखाको पट्टी बुधबार बिहान साढे ९ बजेसम्म खोलिएन । राति कहाँ-कहाँ लगेर राखियो भन्नेबारे मलाई सम्झना नै छैन । प्रहरीले राति यति धेरै टर्चर दियो की भनेर साध्य नै छैन । निक्कै निर्दयी तरीकाले बेस्सरी कुट्यो ।

    पाइपले पिटाई खाँदा संकटकाल याद आयो

    त्यो पाइपले पिटाई खाँदा त संकटकालको झझल्को झल्झली आयो । आँखामा पट्टी बाँधेको छ, खुट्टा, पिठ्यूँ र टाउकोमा पाइपले हिर्काएको छ रातभर । पछि  मलाई भुइँमामा लडायो अनि दुइ जना प्रहरीले मेरो खुट्टादेखि टाउकोसम्म खचाखच टेक्यो । प्रहरीको बुटले टेकेको शरीर थिलथिलो भएको महशुस भैराछ ।

    बिहान म उठ्नै नसक्ने अवस्थामा थिए । छाती भित्रैसम्म दुखिरहेको छ । पछाडीपट्टि पिठ्यूँको हड्डी पुरै भाचिएको जस्तो गरी दुखेको छ ।

    नेताहरुको नाम लिस्ट राखेर कुट्दै सोधियो  

    प्रकाण्डका सहयोगी आचार्यलाई प्रहरीले पाइपले पिट्दै यातना दिँदा नेकपाका केही उच्च तहका नेताहरुको नाम लिस्ट हातमा लिएर बयान लिएको बताएका छन् ।

    प्रहरीले खास गरी ९ जना उच्च तहका नेताहरुको नाम लिदै यिनीहरु को-को हुन् ? कहाँ-कहाँ छन् ? केन्द्रीय समितिको बैठक कहाँ बसेको हो ? लगायतका बिषय सोधेर निकै मानसिक यातना दिएको बताएका छन् । आचार्यका अनुसार प्रहरीले खासगरी विषम, कन्चन, सुदर्शन, भनेका को हुन् भन्दै यातना दिएको थियो ।

    आचार्यले इमान्दार मिडियासँग भने- “मलाइ राती बेस्सरी यातना दिदा प्रहरीले राती नै मार्छ झैँ लागेको थियो । यति कुट्यो की म कसरी बयान गरु त्यसको कुनै सिमा नै छैन यो यातनाको बयान गर्ने कुनै सब्द नै पाइरहेको छैन । यो त हद भयो । फरक राजनितिक पार्टीसँग आस्था राखेकै भरमा यसरी चरम दमन गर्ने हो भने यसको परिणाम के होला ? तपाई आफै अनुमान गर्नुहोस् ।….”

    यसैबीच प्रवक्ता प्रकाण्डलाई पाँच दिनको म्याद थप गरिएको छ । विशेष अदालतले पाँच दिन थुनामा राखेर थप अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

    प्रवक्ता प्रकाण्डलाई प्रहरीले जबरजस्ती चन्दा असुल गरेको अभियोग लगाएको छ । सँगै गिरफ्तार भएको हरिचन्द्र आचार्य र मिनबहादुरलाई पनि प्रहरीले अदालतमा पेश गरेको थियो । दुबै जनालाई पनि सोही अभियोग लगाएको छ ।

    प्रवक्ता प्रकाण्डलाई प्रहरीले मंगलबार साँझ काठमाडौँको चोभारबाट गिरफ्तार गरेको थियो । उनलाई काठमाडौँ प्रहरी परिसर टेकुमा राखिने भएको छ ।

    तस्वीर: धनन्जय /नरेन्द्र

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ