• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    दरबारमार्गमा बालेन समर्थकमाथि कुटपिट

    783
    SHARES



    काठमाडौँ । राजधानीको दरबारमार्गमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो ।

    दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन ! बालेन !’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।

    प्रत्यक्षदर्शीले ती युवकलाई करिव पाँच जना युवाको समुहले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । कुटपिट गर्ने व्यक्तिहरूको पहिचान खुलेको छैन । कुटपिट लगत्तै युवाहरु भागेको बताइएको छ ।

    संविधान दिवसको अवसरमा नागरिकस्तरबाट भएको भनिएको कन्सर्टमा ठुलो संख्यामा युवाहरु राष्ट्रिय झण्डासहित भेला भएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ