• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    नेपालका भ्रष्ट शासकहरुलाई टुकुचामा लगेर बगाउनु पर्छ- कञ्चन

    432
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले भ्रष्टाचारमा लुप्त नेपालका शासकहरुलाई टुकुचामा लगेर बगाउनु पर्ने र बागमतीमा सेलाउनु पर्ने अवस्था आएको बताएका छन् ।

    बहुमतले सुरु गरेको भ्रष्टाचारबिरुद्धको जनअभियानका क्रममा बिहिबार काठमाडौँमा आयोजित सडक प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    सबैभन्दा बढी भ्रष्टाचार नेताहरुले गरेको भन्दै उनले यस्ता नेता तथा शासकहरुलाई फोहोरको टोकरीमा फाल्नुपर्ने बताए । ‘सबैभन्दा बढी भ्रष्टाचार नेताहरुले गरेका छन्, यहाँका शासकहरुलाई फोहोरको टोकरीमा फाल्नुपर्छ, यिनीहरुलाई रद्दीको टोकरीमा फाल्नुपर्ने भएको छ । यहाँक शासकहरुलाई टुकुचामा लगेर बगाउनु पर्ने भएको छ, बागमतीमा सेलाउनु पर्ने भएको छ ।’ उनले भने ।

    सम्बोधनका क्रममा संयोजक कञ्चनले भ्रष्टाचारी शासकहरुलाई रद्धिको टोकरीमा फ्याक्नुपर्ने समेत बताए । संसदवादीहरुले गणतन्त्रको उपहार गाउँगाउँ सिंहदरवार भन्दा भन्दै गणतन्त्रको उपहार गाउँगाउँ भ्रष्टाचारको अवस्था निम्त्याएको औंल्याए।

    ‘आज संविधान लागु भएको १० वर्ष बितेको छ, यो दश वर्षमा के भएको छ भने यिनीहरुले नारा दिने गरेका थिए- ‘गणतन्त्रको उपहार गाउँगाउँ सिंहदरवार’ । आज तपाईले गणतन्त्रको उपहार गाउँगाउँ भ्रष्टाचार पाउनुभएको छ ।’ उनले भने ।

    देशभित्र रोजगारी नपाएर हजारौं युवायुवतीहरु विदेसिनु परेको भन्दै उनले यता सत्तामा आसिन नेता मन्त्रीहरु भने भ्रष्टाचारमा लुप्त रहेको जिकिर गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ