• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय रोचक-विचित्र

    जब २० हजार डलरको फर्स्ट क्लासको हवाई टिकट साढे ३ हजारमै बिक्यो..

    2.8K
    SHARES



    मेलबर्न । गएको बिहीबार अस्ट्रेलियाबाट अमेरिका आउजाउको फर्स्ट क्लासको टिकटमा भारी छूट भयो । सामान्यतः १९ हजार डलर पर्ने अस्ट्रेलियाको ध्वजावाहक विमान सेवा प्रदायक क्वान्टसको सो श्रेणीको टिकट करिब ३०० जना भाग्यशालीले ३ हजार ४०० डलरमै पाए । क्वान्टसको कोडिङ एररका कारण अकल्पनीय छूट मिलेको हो ।

    यो गल्ती क्वान्टसले सच्याएन । ती सबै यात्रीलाई कम्पनीले अतिरिक्त पैसा नलिईकन बिजनेस क्लासमा रिबूक गराइदियो छ । कम्पनीको यो अफरमा चित्त नबुझाउने यात्रीहरूलाई भने कम्पनीले पूरै पैसा फिर्ता दिने भएको छ । बिजनेस क्लासको टिकट किनेर क्वान्टसको विमानमा अस्ट्रेलियाबाट अमेरिका आउजाउ गर्न ११ हजार डलर लाग्छ । गएको वर्ष पनि क्वान्टसमा यस्तै समस्या भएको थियो ।

    पहिला नै रद्द गरिसकेको ८ हजार भन्दा धेरै उडानको लागि टिकट विक्री गरेको आरोप अस्ट्रेलियाका नियामकहरूले कम्पनीमाथि लगाएका थिए । यस घटनामा ८६ हजारभन्दा धेरै यात्री प्रभावित भएका थिए । यस मामिलामा सुल्झाउन मेमा क्वान्टसले मेमा झन्डै ८ करोड डलर तिर्न सहमति जनाएको थियो । यसमध्ये एक करोड ३० लाख डलर प्रभावित उपभोक्ताहरूलाई दिइनेछ ।

    सन् २०१९ मा क्याथी प्यासिफिकले भियतनामबाट उत्तर अमेरिकी सहरतर्फको उडानमा फर्स्ट र बिजनेस क्लासको सिटको दुईतर्फी टिकट ६७५ डलरमै दिएको थियो । तर सधैँ यस्तो हुन्न । सन् २०१० मा अमेरिकी एयरलाइन्सले झुक्किएर फर्स्ट क्लासको दुईतर्फी टिकट इकोनोमी क्लासको मूल्यमा १ हजार १०० डलरमा दियो ।

    सो टिकटको वास्तविक मूल्य २० हजार डलरसम्म पर्थ्यो । तर गल्ती महसुस भएपछि कम्पनीले सोही मूल्यमा उक्त टिकट दिन मानेनन् । त्रुटि सच्याउन कम्पनीले प्रभावित उपभोक्ताहरूलाई २०० सय डलरको भौचर दियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ