• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    न्याउरीलाई किन लाग्दैन सर्पको विष ?

    2.7K
    SHARES



    काठमाडौं । न्याउरी मारी पछुतो भन्ने कथा त सुन्नु वा पढ्नुभएको होला । त्यस कथामा न्याउरीले सर्पसँगको लडाइँमा सर्पलाई पराजित गर्छ । सर्पले डसेपछि पनि न्याउरी बाँच्छ कसरी ? हामी सबैलाई थाहा छ कि सर्पको विषको अगाडि ठूला जनावरले पनि हार मान्छन्, मानिसको पनि मृत्यु हुन्छ ।

    त्यसोभए न्याउरी सर्पबाट डसिएपछि पनि कसरी लड्छ र कसरी बाँच्छ भन्ने कुरा त कमैले सोच्नुभएको होला । खतरनाक सर्पसँग पनि न्याउरी लड्छ र धेरैलाई पराजय पनि गर्छ । यस्तोमा यो कुरा आउँछ कि यो जीव सर्पको विषबाट पनि कसरी बाँच्छ ? उसको शरीरमा त्यस्तो के हुन्छ, जसले गर्दा विषले पनि असर गर्दैन ?

    न्याउरीलाई किन हुँदैन सर्पको विषको असर ?

    बच्चा न्याउरीलाई सर्पले खान्छ तर, ठूला न्याउरीले भने सर्पलाई नै टोक्छन् । वास्तवमा न्याउरीको शरीरमा एसिटाइलकोलिन पाइन्छ । यो एक न्यूरोट्रान्समिटर हो, जुन तिनीहरूको मस्तिष्कमा हुन्छ । यसले रगतमा मिसिएको विषको न्यूरोटोक्सिक प्रभावलाई कम गर्छ । जसका कारण सर्पको विषबाट न्याउरी मर्दैनन् । तर, कहिलेकाहीँ सर्पले न्याउरीलाई मार्न पनि सक्छ ।

    किन सर्प र न्याउरीको हुन्छ दुस्मनी ?

    फरेस्ट वाइल्डलाइफ वेबसाइटको रिपोर्टका अनुसार न्याउरी र सर्पबीचको दुस्मनी प्राकृतिक रूपमै भएको हो । सर्पहरू न्याउरीका लागि खाना मात्र हुन् र तिनीहरूले खानाको लागि मात्र सर्पको सिकार गर्छन् ।

    चाखलाग्दो कुरा के छ भने न्याउरीले प्रायः पहिला आक्रमण गर्दैन, सर्पको आक्रमणबाट आफू वा आफ्ना छोराछोरीलाई बचाउन मात्र आक्रमण गर्छ । न्याउरीलाई सबैभन्दा खतरनाक सर्प मार्ने अर्थात् सर्पको शत्रु मानिन्छ । यसले किंग कोब्रालाई पनि मार्न सक्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ