• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी विजनेश

    सहकारीको १२ लाख ऋण खाएर धिरज शेर्पाली फरार, मुद्दा हालेर पक्राउ गर्ने तयारी

    8.4K
    SHARES



    काठमाडौँ । सम्वृद्ध नेपाल कृषि सहकारी संस्था लिमिटेडको १२ लाख रुपैयाँ ऋण खाएर धिरज शेर्पाली फरार भएका छन्।

    सहकारीको सञ्चालक समिती सदस्य समेत रहिसकेका राप्ती नगरपालिका ५ दाङका धिरज शेर्पालीले सहकारीबाट लिएको ऋण फिर्ता गर्न भनि व्यवस्थापनले पटक-पटक सूचना जारी गर्दा पनि अटेर गरेर भाग्दै हिडेको सहकारीले जनाएको छ ।

    तत्काल ऋण तिर्छु भनि सहकारीलाई अलमल्याएका शेर्पालीले आफैले दिएको भाका नाघेको पनि महिनौं बितिसक्दा समेत सहकारीको सम्पर्कमा आउँन आनाकानी गरेर भागि हिड्न थालेपछि उनीबिरुद्ध प्रहरीमा उजुरी गरेर पक्राउ गर्ने तयारी गरिरहेको सहकारी सम्बद्ध स्रोतले सञ्चार केन्द्रलाई बताएको छ ।

    जनाताले दुख गरेर जम्मा गरेको रकम आफै सञ्चालक समितीमा रहेको बेला पदको समेत दुरुपयोग गरेर आफैले ऋण लिएका शेर्पालीले सहकारीले पटक-पटकको ताकेता गर्दा पनि नतिरेपछि सहकारीलाई उक्त रकम उठाउन प्रहरीको सहयोग लिनुपर्ने भएको छ ।

    देशमा पछिल्लो समय सहकारीमा जम्मा भएको जनताको रकम हिनामिना गरेर भाग्ने बित्तिय ठगहरुको बिगबिगी बढिरहेका बेला देशका विभिन्न सहकारीको रकम हिनामिना गरी फरार भएका आरोपीहरु भागाभाग पक्राउ परिरहेका बेला धिरज शेर्पाली बिरुद्ध समेत मुद्दा दायर गरेर उनको सम्पत्ति तथा बैंक खाता रोक्का गर्नको लागि निवेदन दिने तयारी गरिरहेको जनाएको छ ।

    शेर्पालीलाई ऋण चुक्ता गर्न गरेको अनुरोधलाई व्यवास्ता गरेर भाग्दै हिडेको भन्दै सहकारी व्यवस्थापन पक्षले सञ्चारकेन्द्रसंग भन्यो ” उनलाई आवश्यक पर्दा सहकारीले सहजै ऋण उपलब्ध गरायो, अहिले उनीसँग उक्त रकम अशुली गर्न भनेर हामीले सम्पर्क गर्दा पटक-पटक भाका सर्ने र भाग्ने काम गरिरहेका छन्। अव उनलाई सहकारीको सम्पर्कमा ल्याउन उजुरी गरेर पक्राउ गर्नुको विकल्प नै रहेन। ”

    पछिल्लो समय देशभरका विभिन्न सहकारीहरुबाट विभिन्न व्यक्तिहरुले नागरिकले जम्मा गरेको रकम हिनामिना गरेको समाचारहरु आइरहेका बेला अरु सहकारी भन्दा राम्रो गरिरहेको र बजारमा कुनै समस्या नदेखिएको तथा देशभर अरु सहकारी भन्दा धेरै शाखा रहेको सम्बृद्ध नेपाल कृषि सहकारी संस्थाको रकम खाएर भागिरहेका शेर्पालीलाई वचतकर्ताले समेत खोजिरहेका छन्।

    यस्ता सहकारी ठगहरू बिरुद्ध जनआक्रोस समेत बढ्दै गइरहेका बेला सहकारी पीडित नागरिकहरुका तर्फबाट समेत यस्ता व्यक्तिहरुको फोटो, तिन पुस्ते विवरण र उनीहरुले ठगि गरेका समाचारहरु व्यापक सेयर गर्ने र पक्राउ गर्न मद्दत गर्ने सामाजिक अभियान नै चलेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ