• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सबै दलको सहमतिमा संविधान संशोधन – प्रधानमन्त्री

    395
    SHARES



    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सबै दलको सहमतिमा संविधान संशोधन गरिने बताएका छन् ।

    संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक तहमा देखिएको अस्थिरताको सम्बोधन केही हदसम्म संविधान संशोधनको माध्यमबाट पनि गर्न सक्ने भन्दै यसका लागि सबै दलहरुबीच सहमतिको अधिकतम प्रयास गरिने स्पष्ट पारे ।

    संविधान संशोधन भनेको लिखत र मर्म अनुसार नभएका वा बाधा पुगेको ठाउँमा परिवर्तन गर्नु र विद्यमान संविधानका अमिल्दा पक्षमाथि संशोधन गर्नु भएको उनको भनाइ थियो ।

    प्रधानमन्त्री ओलीले सहअस्तित्व र आपसी सद्भाव एवं पारम्पारिक सहयोग नै सबै जातजाति, भाषाभाषी, वर्ग, वर्ण र समुदायबीचको एकताको आधार भएको बताए ।

    संविधानले नागरिकका मौलिक अधिकारलाई प्रत्याभूत गरेको र ती अधिकार कार्यान्वयनका लागि सरकारले आवश्यक नीति र कानुन तर्जुमा गर्न जोड दिएको उनको भनाइ थियो ।

    उनले अहिलेको राज्यव्यवस्था कुनै वंशको निरङ्कुश शासनको निरन्तरता नभएको र जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली भएकाले पछाडि नफर्कने स्पष्ट पारे ।

    अहिले सामाजिक मर्यादालाई महत्व नदिने प्रवृत्तिहरू समाजमा देखिएको भन्दै प्रधानमन्त्री ओलीले यस्ता प्रवृत्तिहरू कदापी स्वीकार्य नहुने धारणा राखे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ