• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    युवाले कम्प्युटर मागेको छ, हसिया दिएर वैद्यले घाँस काट्न पठाउनु हुन्छ- कञ्चन

    593
    SHARES



    काठमाडौँ । नेकपा (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले मोहन वैद्य ‘किरण’ अहिलेसम्म पनि जडसुत्रवादी सोचभन्दा माथि उठ्न नसकेको बताएका छन् । बुधबार संवाद डबलीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरणले नेतृत्व गरेको पार्टी र आफ्नो पार्टीबिच एकता भएको तर विचारधारात्मक रूपमा फरक भएका कारण किरणसँगै अगाडि जान नसकिएको प्रष्ट पारे ।

    ‘वर्ग संघर्षलाई नयाँ उचाइमा उठाउन किरण कमरेडले नेतृत्व गरेको पार्टी र हाम्रो पार्टीबिच एकता भएको हो । तर, उहाँ जडसुत्रवादी सोँचभन्दा माथि उठ्न सक्नु भएन । युवाले कम्प्युटर मागेको छ, हसिया दिएर घाँस काट्न पठाउने वैद्य कमरेडको तरिकाले एकता सफल हुन सकेन’, उनले भने ।

    उनले विचार मिल्नेसँग एकता र सहकार्यलाई जारी राख्ने समेत बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ