काठमाडाैं। चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत पक्राउ परेकी छन् । आइतबार अस्पतालकी लेखा अधिकृत अमृता कोइराला घुससहित पक्राउ परेकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले उनलाई १ लाख ५० हजार रुपैयाँ नगद र ४ लाख ५० हजार रुपैयाँको चेकसहित पक्राउ गरेको हो ।
भरतपुर महानगरपालिका-४ कटहर चोकको एक होटलबाट कोइरालालाई पक्राउ गरेको अख्तियारको हेटौंडा कार्यालयका सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिएका छन् ।
औषधि आपूर्तिकर्तालाई रकम भुक्तानी दिएबापत कोइरालाले घुस मागेको र आइतबार आपूर्तिकर्ताबाट घुस रकम लिँदालिँदै उनलाई पक्राउ गरेको सूचना अधिकारी गौतमले बताएका छन् ।
प्रतिक्रिया