काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आँफुहरुले सरकारमा गएर नराम्रो केही नगरेको बताएका छन् । बिहीबार रास्वपाको नीति मन्थन अन्तरक्रियालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा सरकारमा गएर गल्ती नगरेको बताएका हुन् ।
सभापति लामिछानेले सरकारमा गएर नराम्रो नगरे पनि पुराना दलहरुसँग उभिँदा भने गाली खाएको बताइ । आफूहरू घण्टी बजाउँदै आएपछि दुई ठूला पार्टीले टु पार्टी सिस्टममा देशलाई लैजान कांग्रेस एमाले मिलेर सरकार बनेको पनि उनकाे दाबी छ ।
प्रतिक्रिया