• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    महामन्त्रीले मुखमा टेप टाँसेकोबारे रास्वपाले पदाधिकारी बैठकमा छलफल गर्ने

    1.9K
    SHARES



    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रस्वपा)का महामन्त्री मुकुल ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमाथि रास्वपाले पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ ।

    रास्वपाका एक नेताहरुका अनुसार ढकालले केन्द्रीय समिति बैठकमा आफूले समीक्षा प्रतिवेदन पेश गर्दा प्रत्यक्ष प्रशारण गर्नुपर्ने बताएका थिए । तर, बैठकका अधिकांश नेताहरुले प्रत्यक्ष प्रशारणप्रति असहमति जनाएपछि उनले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै मुखमा टेप टाँसेर बसेका बैठकामा बसेका थिए ।

    ढकालले एक महिना यात्रा गरेर समीक्षा तयार पारेकाे प्रतिवेदन सभापतिले केन्द्रिय समितिकाे बैठकमार्फत लाइभ नहुने भएपछि मुखमा टेप टांसेका थिए ।

    ढकालकाे पेतिवेदनमा रास्वपा यही गतिमा जाने हो भने ०८४ मा राष्ट्रिय पार्टी पनि बन्न नसक्ने निश्कर्ष निकालेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ