• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    कांग्रेससँगको सहमतिबारे ओलीले सचिवालयमा ब्रिफिङ गर्ने

    779
    SHARES



    काठमाडौँ । नेपाली कांग्रेससँगको सत्ता समीकरणका लागि भएको सहमतिबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा ब्रिफिङ गर्ने भएका छन् । त्यसका लागि अध्यक्ष ओलीले दिउँसो ३ बजे सचिवालय बैठक बाेलाइका छन् ।

    एमाले सचिव रघुवीर महासेठले, ‘दिउँसो ३ बजे सचिवालय बैठक छ । त्यो बैठकमा अध्यक्षज्यूले के ब्रिफिङ गर्नुहुन्छ सोही अनुसार अघि बढ्छौ’ । महासेठले सचिवालय बैठकअघि मन्त्रीहरूले राजीनामा नदिने पनि बताएका छन्। सचिवालय बैठक बस्ने स्थान भने तय नभइसकेको नेताहरूले बताएका छन् । ‘अहिले नै राजीनामा दिने कुरा छैन । सचिवालय बैठकपछि के गर्ने भन्ने निर्णय हुन्छ’, महासेठले रातोपाटीसँग भने, ‘अध्यक्ष तथा संसदीय दलको नेताबाट जे निर्देशन हुन्छ त्यही गर्छौ ।’

    नेकपा एमालेमा कांग्रेससँग भएको सहमतिबारे पार्टी अध्यक्ष र महासचिव शंकर पोखरेलबाहेकका नेताहरूलाई अहिलेसम्म औपचारिक जानकारी नदिएको बुझिएको छ । ओली र पोखरेल बाहेकका नेताहरू छापामार शैलीमा कांग्रेससँग भएको सहमतिबारे अनविज्ञ रहेका छन् । उनीहरू के गर्ने र कसो गर्ने भन्ने अझै पनि अन्योलमा रहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया