• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    आज तीनवटा संसदीय समितिको बैठक बस्दै

    1.5K
    SHARES



    काठमाडौँ । आज एकदिन तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ ।

    बैठकमा नेपालको सार्वजनिक व्यवस्थापनमा शासकीय सुधार तथा सुशासन प्रवर्द्धन गराउन सूचनाको हक कार्यान्वयनमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय सूचना आयोगको भूमिका र भएका कामकारबाहीहरूको सम्बन्धमा छलफल हुनेछ ।

    त्यस्तै आज विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दै छ । बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि सरोकारवालासँग छलफल हुनेछ ।

    त्यस्तै मध्यान्ह सवा १२ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बैठकमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको स्थलगत अध्ययन, अवलोकन एवं अनुगमन कार्यक्रमको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया