काठमाडौं । सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जना पक्राउ गरेका छन् । उनिहरूलाइ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेकाे हाे ।
सीआईबीले ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्याैपाने, प्राडा गीता प्रधान, रमेश कुमार निराैला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगाेपाल रिसाललाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए ।
यसअघि कमसल धितोमा बढी कर्जा प्रवाह गरेको आरोपमा १५ फागुन २०८० मा तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारीहरू पनि पक्राउ परेका थिए ।
प्रतिक्रिया