• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास समाचार

    बेल्जियमको साकेलामा कम्मर मर्काइ नाँचे सांसद र मेयर

    6.1K
    SHARES



    केजिन राई,बेल्जियम । बेल्जियममा किरात राई समुदायको महान चाड साकेला उभौली भब्य रूपले सम्पन्न भएको छ । किरात राई सोसाइटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को अबसरमा किरात पितृपूजासहित काजाब्लांका पार्क क्यासेल्लोमा सामुहिक साकेला सिली नाचेर उक्त चाड मनाइएको हो ।

    कार्यक्रमको उदघाटन गर्दै बेनेलक्स र यूरोपियन युनियनका लागि राजदुत गेहेन्द्र राजभण्डारीले परदेशमा पनि आफ्नो कला, संस्कृति, संस्कार र भेषभूषालाई जिवन्त बनाउँदै विदेशीसामु पस्कने काम नेपालको लागि गौरबको कुरा रहेको बताए ।

    बेल्जियमको प्रतिनिधिसभा सांसद कारिन ब्रौवेर्स व्लान्डरणले यो ठाउँमा पनि नेपालको राई समुदायको साकेला हेर्न र नाच्न पाउदा खुशी लागेको बताए । लुभेन महानगरपालिकाका उपमेयर दिर्क भेन्सिनाले यो महानगर बिविधताले भरिएको र एक सय ६० भन्दा बढी राष्ट्रका मानिसहारू बसोबास गरिरहेको लुभेन नगरमा नेपाली राई संस्कृतिमा रमाउन पाउँदा खुशी लागेको बताए ।

    साकेला फेस्टिवलमा बेल्जियमको दोश्रो ठूलो राष्ट्रिय राजनीतिक दल सिडीएण्डभीका युबा उपाध्यक्ष रुबेन गेलेन्स, लुभेन महानगरपालिका डाइभरसिटी बिशेषज्ञ आन एन्ग्लान, पोलेसी सल्लाहकार यासिन एलात्तर, आईफई डाईरेक्टर मिगायल अन्जेल लगायत बिशिष्ट अतिथिको उपस्थिति रहेको थियो ।

    कार्यक्रममा गैर आबासीय नेपाली संघका अध्यक्ष सिता सापकोटा, नेपाल आदिबासी जनजाति महासंघ बेल्जियमका कार्यबाहक अध्यक्ष मुना राई, बिश्व मगर संघ अध्यक्ष लोक राना, किरात याक्थुम चुम्लुंग अध्यक्ष बदन योंगहांग, शेर्पा समाजका अध्यक्ष पेम्बा शेर्पा, तमु समाज अध्यक्ष होम गुरुङ, तामांग समाज अध्यक्ष राम लामा, थकाली सेवा समिति प्रतिनिधि श्रीआनन्द शेरचन, तमुधी अध्यक्ष संगीता गुरुङ, एनआरएन ग्लोबल बेल्जियम अध्यक्ष पद्म गुरुङ ,क्षेत्री समाजका यसोदा थापा, पाशापुच प्रतिनिधि देबु श्रेष्ठले साकेलाको शुभकामना दिए ।

    आफ्नो मौलिक पोशाक र गरगहनाले सजिएका किरात राई बालबच्चा,युबायुवतीको साकेला सिली र ढोल झ्याम्टाले क्यासेल्लो पार्क गुन्जायमान भएको थियो । कार्यक्रममा सांसद र मेयर कम्मर मर्काइ मर्काइ नाँचेका थिए ।

    तीनसय ५० बढी सहभागी कार्यक्रम समाजका अग्रजहरू धनकुमार बान्तवा, देव राई, मालती राई, श्रेया राई , भबिन्द्र राई ,मोनी कुलुंङ लगायतले सुम्निमा पारुहांग पित्रु, भूमि र प्रकृति, पूजा गर्दै बालीनाली चरा चुरुंगी, जलचर स्थलचर जिबजन्तु बारे भाकल गर्दै आशिर्बाद माग गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ