• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास समाचार

    नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन भब्यताका साथ सम्पन्न

    8K
    SHARES



    जनक बराल, गेन्ट बेल्जियम । काठमाडौँ । नेपाली परिवार गेन्ट बेल्जियमको चौथो अधिवेशन सम्पन्न भएको छ । शोमबार लेडेबेर्गको एक सभाहलमा अधिवेशन सम्पन्न भएको हो ।

    सम्पन्न अधिवेशनबाट अध्यक्ष घनश्याम शर्मा लगायत २३ सदसिय कार्यसमिति सर्वसम्मत चयन भएका छन् । अधिवेशनमा करिव दुईसय बढीको उपस्थिति रहेको थियो ।

     उक्त अधिवेशन बाट उपाध्यक्षमा जनक राज सुवेदी , महिला उपाध्यक्षमा शारदा अधिकारी, महासचिवमा बिकल अधिकारी, उपसचिवमा निर्मल केशव सुवेदी तथा कोषाध्यक्षमा कृष्ण पुरीलगायतका सदस्य रहेका छन् ।

    संस्थाका महासचिव जनक राज सुबेदीले कार्यक्रमको बन्दसत्रमा (२०२२-२४ )को पुरानो कार्यसमितिले गरेका काम, प्रगति विवरण र संस्थाको आय व्यय पनि प्रस्तुत गरेका थिए । 

    सम्पन्न अधिवेशनमा बालबालिकाले नेपाली भेषभुषामा विभिन्न नृत्यहरू पनि प्रस्तुत गरेका थिए ।

    नवनिर्वाचित अध्यक्ष घनश्याम शर्माले गेन्टमा बिस्तारित हुँदै गएको नेपाली समुदाय लाई अझ नयाँ तरिकाले समेट्दै सबैको साथ र सहयोग लिएर गेन्टको नेपाली समाजलाई नमुना बनाउने दिशातर्फ अबको नवनिर्वाचित कार्यसमिति अगाडि बढ्ने प्रतिबद्धता जानेका छन् ।

    उक्त कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अम्बिका सुरूङ्ग, नयाँ कार्यसमिति चयन गर्नको लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष यामु निरौला तथा सदस्यहरू रमेश पौडेल, तीर्थ धमला , बसन्त ढुङ्गाना लगायत ले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ