• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    तपाई दाँत माझ्ने बुरुस ट्वाइलेटमा राख्नु हुन्छ ?

    2K
    SHARES



    काठमाडौँ । दाँत सफा राख्न हरेक दिन दाँत माझ्नुपर्छ । हरेक दिन दाँत माझ्दा ब्याक्टेरियाबाट जोगाउन र मुखको स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ।

    दाँतको स्वास्थ्य राम्रो बनाउन राम्रो गुणस्तरको बुरुस प्रयोग गर्नुपर्छ । दन्त चिकित्सकहरूका अनुसार हरेक २–३ महिनामा बुरुस फेर्नुपर्छ ।

    प्रायः हामी दाँत माझेपछि ब्रसलाई बाथरुममा राखिदिन्छौँ । तर यस्तो गर्नु मुखको स्वास्थ्यको लागि खतरनाक हुन सक्छ । खासगरी बाथरुम र शौचालय एकै ठाउँमा छ भने ब्रस त्यहाँ राख्नै हुन्न ।

    बुरुस शौचालय वा बाथरुममा राख्न नहुने दन्त चिकित्सकहरू बताउँछन् । शौचालयमा फेकल ब्याक्टेरिया (दिशामा पाइने ब्याक्टेरिया) धेरै हुन्छ । यो हावाबाट बुरुसमा जम्मा हुन थाल्छ । बाथरुम ओसिलो हुन्छ ।

    ओसका कारण बुरुसमा ढुसी पर्ने खतरा हुन्छ । ट्वाइलेट जोडिएको बाथरुममै राखियो भने पनि फेकल ब्याक्टेरिया मुखबाट रगतमा पुग्न सक्छ । यसबाट मुखको स्वास्थ्य त बिग्रन्छ नै समग्र स्वास्थ्यमा समेत नराम्रो असर पर्न सक्छ । अन्य कयौँ प्रकारका संक्रमणले सताउन सक्छ । बुरुस स्ट्यान्ड पनि कहिल्यै ट्वाइलेट सिटको नजिक राख्नु हुँदैन ।

    शौचालय वा बाथरुममै राख्नु पर्‍यो भने पनि ब्रसलाई सधैँ छोपेर राख्नुपर्ने हुन्छ र प्रयोग गर्नु अघि पानीले राम्ररी धुनुपर्छ । यसरी धुँदा बुरुसको ब्रिस्टलमा फसेका ब्याक्टेरिया बाहिर निस्कन्छन् ।

    प्रयोग गरेपछि ब्रसलाई राम्ररी धोएर छोपेर राख्नुस् । यसले ब्याक्टेरियाबाट धेरै हदसम्म ब्रसलाई जोगाउन मद्दत मिल्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ