• आज :
Skip

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सहकारी प्रकरणमा छानबिन समिति गठन नभए बजेटमा पनि प्रतिरोध गर्ने कांग्रेसको चेतावनी 

    1.8K
    SHARES



    काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति नबनाइए  बजेट प्रस्तुतमा पनि प्रतिरोध हुने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चेतावनी दिएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिँदा अवरोध गरेको कांग्रेसले बजेट पनि सहज प्रस्तुत हुन नदिने संकेत गरेको हो ।

    सोमबार दिउँसो बसेको संसदीय दलको बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले विपक्षीले उठाएको माग सम्बोधन भए बजेट प्रस्तुत गर्दा पनि प्रतिरोध हुने बताए । संविधान अनुसार जेठ १५ मा सरकारले ल्याउनुपर्ने बाध्यात्मक व्यवस्था  रहेको छ ।

    लेखकले भने- ‘माननीय अर्थमन्त्रीजीले बजेटको पाठ गर्नुपर्छ । वातावरण त सरकारले बनाउनुपर्‍यो नि । सरकार वातावरण नबनाउने । बलमिच्याइ गर्ने । ज्यादती गर्ने, बहुमतको दम्भले काम गर्ने, प्रतिपक्षलाई बोल्न नदिने ढंगले सरकार अगाडि बढ्यो भने त्यसको प्रतिरोध हुन्छ,’ उनले भने ।

    आफूहरूले उठाएको मुद्दा सम्बोधन हुने गरी सरकार प्रस्तुत भए सदन सहज ढंगले सञ्चालन हुने पनि उनको भनाई छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ