• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    अखिल क्रान्तिकारीका संयोजक मिलन राई गिरफ्तार

    8.1K
    SHARES



    काठमाडौँ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालनिकट अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    प्रहरीले उनलाई बिनाकारण सोमबार करिब ९ बजेतिर काठमाडौँको बालाजुबाट गिरफ्तार गरेको अखिल क्रान्तिकारीका सह-संयोजक बिरेन्द्र शाहले सञ्चारकेन्द्रलाई जानकारी दिए ।

    यता बालाजु प्रहरी वृतका प्रमुख डिएसपी राम कुमार दानीले संयोजक राईलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनले केकति कारणले राईलाई गिरफ्तार गरेको हो भन्ने बारेमा केहि खुलाएनन् । राईलाई बिशेष ब्युरोले समातेर राख्नका लागि मात्रै बालाजु पठाएको उनको भनाइ छ ।

    क्रान्तिकारीले बिद्यार्थी दिवसको अवसरमा मंगलबार काठमाडौँमा कार्यक्रमको आयोजना गरेको छ । सोहि कार्यक्रमको पूर्वसन्ध्यामा संयोजक राईलाई बिना कारण षड्यन्त्रपूर्वक तरिकाले गिरफ्तार गरेको भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । साथै उनलाई तत्काल रिहा गर्न माग समेत गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ