• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    कर्जा लगानीमा आक्रामक बन्दै बैंकहरू, एक महिनामै गरे ५० अर्बबढी लगानी

    3K
    SHARES



    काठमाडौँ । निक्षेप उकालो र कर्जा लगानी ओरालो लागिरहेका बेला बैंक तथा वित्तिय संस्थाहरूले पछिल्लो ४ महीनामा लगानी पनि बढाउने प्रयास गरिरहेका छन् ।  बैंकहरूले चैत्र महिनामा मात्र ५० अर्ब ५५ करोड लगानी गरेका नेपाल राष्ट्रबैङ्कले जारी गरेको रिपोर्टमा देख्न सकिन्छ । 

    २०८० चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कूल ५१ खर्ब २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो आर्थिक वर्षा फागुन मसान्तसम्ममा बैंकहरूले ५० खर्ब ९१ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

    तर यता समीक्षा अवधिमा निक्षेप भने २४ अर्ब रुपैयाँले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । फागुन मसान्तसम्म ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५० खर्ब ९१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले चैत मसान्तसम्ममा ६१ खर्ब ६४ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्दै ५१ खर्ब २७ अर्ब रुपैयाँ लगानी गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ