• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    गगनलाई गिरफ्तार नगरे गृहमन्त्री लामिछानेलाई बर्खास्त गर्नुपर्छ- डा.भीम रावल

    2.2K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका नेता डा.भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेले देशद्रोह अभियोग लगाइएकोले थापालाई तत्काल गिरफ्तार गरि कानुनी कारबाही गरिनुपर्ने बताएका छन् । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले सोमबार प्रतिनिधिसभामा बोल्दै कांग्रेस महामन्त्री थापाले देशका गोप्य सूचना विदेशीलाई बेचेको आरोप लगाएका थिए ।

    लामिछानेको सोही अभिव्यक्तिमा केन्द्रित रहेर पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता रावलले सामाजिक सञ्जाल फेसबुकमार्फत गगनलाई कारबाही नगर्ने हो भने गृहमन्त्री लामिछाने देशद्रोहीको मतियार ठहरिने समेत बताएका छन् ।

    देशको सूचना बेचेको आरोप लागेका गगनलाई गिरफ्तार गरेर कारबाही प्रक्रिया अगाडि नबढाएको खण्डमा गृहमन्त्री लामिछानेलाई बरखास्त गर्नुपर्ने पनि रावलको माग छ ।

    राज्यका सूचना बेच्नु देशद्रोह हो भन्दै यस्तो देशद्रोह गगन थापाले गरेको भनी गृहमन्त्रीले संसद्‌मा नै घोषणा गरेकोले थापालाई गिरफ्तार गरी तत्काल कानुनी कारबाही गरियोस् । यदि गगन थापालाई गिरफ्तार गरी गृहमन्त्रीले कारबाही अघि बढाउँदैनन् भने उनी पनि देशद्रोहीका मतियार ठहरिने छन् र निजलाई प्रम प्रचण्डले तुरुन्त बर्खास्त गरी गिरफ्तार गर्नुपर्छ ।

    गृहमन्त्रीले गगन थापाले भ्रष्टाचार गरेको भनी विभिन्न मुद्दाबारे समेत संसद्‌मा प्रस्तुत गरेका छन् । ती मुद्दामा राज्यका सम्बन्धित निकायबाट तत्काल अनुसन्धान गरियोस् । यस्ता आरोप झुटा ठहरे देशको गृहमन्त्रीजस्तो जिम्मेवार पदमा बसेर अनर्गल कुरा गरेकोमा निजलाई कानुनी कारबाही होस् । राज्य कानुन र मर्यादामा आधारित हुन्छ भन्ने सामान्य कुराको हेक्का नराख्ने हो भने देश र जनताप्रति गद्दारी गरेको ठहर्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ