• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    बागमती

    बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले लिए शपथ

    2K
    SHARES



    काठमाडौँ। बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित एक समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

    प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।

    प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट प्रदेशसभा सदस्य हुन् भने शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया