• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    एप्पलले घटायो आइफोनको मूल्य

    4.9K
    SHARES



    बेइजिङ । आइफोन निर्माता कम्पनी एप्पलले चीनमा आइफोनको मूल्यमा कटौती गरेको छ । चीनमा कम्पनीको टीमल साइटमा यो अभियान लञ्च गरिएको छ ।

    यसमा कम्पनीले छानिएका आइफोन मोडलमा २ हजार ३०० युआन (३१८ डलर)सम्म छूट दिइरहेको छ । चिनियाँ बजारमा कम्पनीको विक्री घटिरहेकै समयमा बजार हिस्साको रक्षा गर्न कम्पनीले आक्रामक कदम चालिरहेको हो ।

    चीनमा एप्पलले हुवावेई लगायत घरेलु कम्पनीहरूसँगको चर्को प्रतिस्पर्धाको सामना गरिरहेको छ । छूट अभियान मे २० देखि २८ सम्म रहेको छ । यसअघि कम्पनीले चिनियाँ बजारमा पहिलो पटक फेब्रुअरीमा आइफोन छूटमा बेचेको थियो । पछिल्लो अभियानमा त्यतिबेलाको भन्दा निकै धेरै छूट दिइएको छ ।

    फेब्रअुरीको अभियानमा कम्पनीले सबैभन्दा धेरै दिएको छूट १ हजार १५० युआन थियो । यस पटकको सर्वाधिक छूट १ टीबीको आइफोन १५प्रो म्याक्स मोडलमा लागू हुनेछ । अन्य मोडलमा पनि भारी छूट दिइएको छ । १२८ जीबीको आइफोन १५ को मोडलमा १ हजार ४०० युआने छूट दिइएको रोयटर्सले सोमबार छूट रकम चेक गर्दै भनेको थियो ।

    हुवावेईले गएको महिना हाई–एन्ड स्मार्टफोन सिरिजमा प्युरा ७० लञ्च गरेयता चीनमा एप्पलमाथिको दबाब बढेको छ । गएको वर्ष कम्पनीले मेट ६० लञ्च गरेको थियो । फेब्रुअरीमा चलाइएको छूट अभियानले चीनमा एप्पलको विक्रीमा आएको सुस्तीलाई कम गर्न सघाएको थियो ।

    मार्च महिनामा चीनमा एप्पलको विक्री १२ प्रतिशतले बढेको रोयटर्सको हिसाबले देखाएको छ । यो सन् २०२४ को पहिलाे २ महिनाको भन्दा निकै राम्रो हो । जनवरी–फेब्रुअरीमा चीनमा एप्पलको बिक्री ३७ प्रतिशतले घटेको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ