• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    इजरायल र हमासबिच युद्धविरामको प्रयास, बन्धकहरूलाई रिहा गरेमा आक्रमणलाई रोक्न सकिने

    1.5K
    SHARES



    काठमाडौँ । इजरायल र हमासबिच गाजामा युद्धविरामको प्रयास जारी रहेको छ ।  गाजामा युद्धविराम लागू गर्ने दुई पक्षबिच सम्झौता भयो भने इजरायलले दक्षिणी गाजाको रफाहमा आफ्नो आक्रमण स्थगित गर्न सक्नेछ ।

    इजरायली विदेशमन्त्री इजरायल केट्जले हमासले आफ्नो हिरासतमा रहेका बन्धकहरूलाई रिहा गरेमा यो पूर्वनियोजित आक्रमणलाई रोक्न सकिने बताए ।

    यसैबिच, अमेरिकी विदेशमन्त्री अरब देशका राजनीतिज्ञहरूसँग वार्ता गर्न साउदी अरबको राजधानी रियाद पुगेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार एन्टोनी ब्लिन्केनले यो द्वन्द्व अन्य क्षेत्रमा नफैलियोस् भन्नेमा जोड दिनेछन् ।

    शनिबार हमासले दुई बन्धकको भिडियो सार्वजनिक गर्दै उनीहरू जीवित रहेको प्रमाण दिएको थियो । अर्कोतर्फ, इजरायलमा पनि बन्धकहरूको रिहाइलाई लिएर व्यापक विरोध भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ