• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

    832
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । बुधबार सर्वोच्च अदालतको आदेशअनुसार संघीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयले सूचना निकालेर गुरुङको निलम्बन फुकुवा भएको जानकारी गराएका हुन् ।

    सर्वोच्च अदालतले १६ चैतमा अख्तियारको निर्णयका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला गरेको थियो ।

    कांग्रेस नेता गुरुङ २०७९ मंसिरको चुनावमा मनाङबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए भने विशेष अदालतमा दायर भएको मुद्दा विचाराधीन रहेकाले निलम्बनमा रहनुपर्ने भन्दै अख्तियारले संसद् सचिवालयलाई पत्र पठाएको थियो ।

    त्यसको ४ दिनपछि संसद् सचिवालयले गुरुङ निलम्बनमा परेको सूचना निकालेको थियो । गुरुङको उक्त्त निलम्बन आज फुकुवा भएको हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया