• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    जनता समाजवादी पार्टी फुट्यो, अशोक राईको पक्षमा ७ सांसद, क-कसले छाडे उपेन्द्रको साथ ?

    2.3K
    SHARES



    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल फुटेको छ । पार्टी फुटाउने गरी अशोक राई नेतृत्वमा ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको छ ।

    राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान र सुशीला श्रेष्ठले निवेदन दिएका छन् ।

    साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत छन् । जसपा नेपालसँग संघीय संसद्‌मा १२ सांसद छन् ।

    उपेन्द्र यादवको साथ छाडेका सांसदहरु
    अशोक राई
    नवलकिशोर साह
    प्रदीप यादव
    रञ्जु कुमारी झा
    विरेन्द्र महतो
    सुशिला श्रेष्ठ
    हसिना खान
    उपेन्द्र यादवको साथमा रहेका सांसदहरु
    प्रकाश अधिकारी
    राजकिशोर यादव
    रेखा यादव
    उपेन्द्र यादव

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ