• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    १९ वर्ष जेल सजाय तोकिएका फरार प्रतिवादी खानीखोलाबाट पक्राउ

    1K
    SHARES



    काठमाडौं । उन्नाइस वर्ष जेल सजाए सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । १९ वर्ष ९ महिना २ दिन जेल सजाय तोकिएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी भरत सुनार पक्राउ परेका हुन् ।

    नुवाकोटको ककनी गाउँपालिका-५ बस्ने ५८ वर्षीय भरत सुनारलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरी टोलीले ककनी गाउँपालिका-२ खानीखोलाबाट पक्राउ गरेको हो ।

    जिल्ला अदालत नुवाकोटले २०७८ पुस २६ गतेको कर्तव्य ज्यान मुद्दामा सुनारलाई १९ वर्ष ९ महिना २ दिन कैद सजाय ठहर गरेको थियो ।

    उनलाई जिल्ला अदालत नुवाकोटमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार पठाइएको छ प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ