• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    ओलीको निर्देशन- मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिनेबारे हतार नगर्नु

    1.2K
    SHARES



    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिनलाई नहतारिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेश सभा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावललाई अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

    नेता रावलले शनिबार राति अध्यक्ष ओलीसँग करिब २ घण्टा गरेको भेटवार्तामा ओलीले यस्तो निर्देशन दिएका हुन् । अध्यक्ष ओलीसँग रावलसँगै प्रमुख सचेतक सुरेन्द्र पालले बालकोटमा भेटवार्ता गरेका थिए ।

    अध्यक्ष ओलीसँगको छलफलमा समेत ओलीले आफूहरूलाई तत्काल विश्वासको मत दिन सुझाव नदिएको बताए । ‘हिजो अध्यक्ष ओलीसँग छलफल भयो, आज महासचिव शङ्कर पोखरेलसँग पनि कुरा गर्छौ’, रावलले भने, ‘हामी आन्तरिक रूपमा पनि छलफलमै छौ ।’

    मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले सकारात्मक नभएपछि शनिबारलाई समय सारिएको थियो । तर शनिबार पनि प्रदेश सभा बैठक बस्न नसकेर अनिश्चित कालका लागि स्थगित भयो । शनिबार नै नेता रावल र पाल पनि अध्यक्ष ओली भेट्न काठमाडौँ आएका थिए ।

    नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी माओवादी, एमाले, नागरिक उन्मुक्ति (रञ्जिता समूह)को सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनले विश्वासको मत लिने समय जेठ ५ सम्म रहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ